डेडिकेटेड–ट्रंकलाइन बक्यौता विवाद : ‘प्रमाण नदेखाएसम्म बक्यौता तिर्दैनौं’


  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड–ट्रंकलाइन बक्यौता विवाद : ‘प्रमाण नदेखाएसम्म बक्यौता तिर्दैनौं’

काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रमाण नदेखाएसम्म बक्यौता नतिर्ने उद्योगीहरूले अडान लिएका छन् । उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको बिजुलीको प्रमाण नदेखाउने तर एकोहोरो बिजुली काटिरहेको दाबी गरे ।

गत भदौ १७ मै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण पछि हटेको थियो । सूचना जारी भएलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको करिब ४० उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले ‘विवादित विषय भएको र समाधान गर्नुपर्ने’ भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीले यही पुस ५ मा ऊर्जा मन्त्रालयको समीक्षाका क्रममा बक्यौता नतिर्नेको लाइन काट्न भने ।

Read More