काठमाडौँ । भृकुटीमण्डपमा पौष १२ गतेदेखि सञ्चालन भइरहेको आठौँ घरजग्गा मेलामा उपभोक्ताहरूले उल्लेख्य उपस्थिति जनाएका छन् ।
लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरूको उपस्थिति मेलामा उल्लेख्य मात्रामा रहेको थियो । मेलामा रहेका प्रसिद्धि रोहनी रियलस्टेट प्रा.लि (नगरकोट ड्रीम सिटि) ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् ।



