काठमाडौँ । शिव शिखर सहकारीमा कञ्चनपुरका बचतकर्ताको मात्रै ३२ करोड रुपैयाँ ठगी भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तीन हजार ६ सय ७१ जना बचतकर्ताको उजुरीका आधारमा गरेको अनुसन्धानबाट कञ्चनपुरमा मात्रै ३१ करोड ९७ लाख तीन हजार ९ सय ५५ रुपैयाँ ठगी भएको पाइएको हो ।
कञ्चनपुर प्रहरीले शिव शिखर सहकारीमा भएको ठगीको अनुसन्धान सकेर नियन्त्रणमा रहेका संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित चार जना (गीता शर्मा, पुष्कर मल्ल, अमिसराज भण्डारी) लाई कैलाली प्रहरीको जिम्मा लगाएको छ । उनीहरुविरुद्ध कैलालीका बचतकर्ताले पनि उजुरी दिएकाले चारैजनालाई कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताएका छन् ।



