काठमाडौं– मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नाममा नानाथरीका कार्यक्रम घोषणा गर्ने दशकौंदेखि प्रचलन बन्दै आएको छ । जुनसुकै दलका सरकारले बजेट ल्याए पनि कृषिलाई प्राथमिकता नदिएको भनिँदैन । तर, प्रत्येक वर्ष कृषि क्षेत्रको प्रगति गिर्दो छ । मुलुकको मागअनुसार उत्पादन हुन नसक्दा कृषि उपजको आयात चुलिँदै गएको छ ।
यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि कृषि क्षेत्रका लागि अर्को योजना अगाडि सारेका छन् । सरकार एक वर्ष पूरा गरेको अवसर पारेर गत साता गरेको सम्बोधनमा दाहालले कृषि क्षेत्रमा लगानी दशक (२०८१–२०९१) घोषणा गरेका हुन् ।



