डेडिकेटेड–ट्रंक लाइन विवाद : प्रधानमन्त्री अलमल्याउने प्राधिकरण लाइन काट्ने


  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड–ट्रंक लाइन विवाद : प्रधानमन्त्री अलमल्याउने प्राधिकरण लाइन काट्ने

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगीहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद समाधानका लागि उच्चस्तरीय आयोग बनाउने आश्वासन दिइरहेका बेला नेपाल विद्युत् प्राधिकरण भने थप उद्योगको लाइन काट्ने तयारीमा थियो । 

प्राधिकरण शुक्रवार मध्यरातिसम्म उद्योगको लाइन काट्न सक्रिय देखियो । बारा–पर्सा औद्योगिक कोरिडोरमा प्राधिकरणको टोली राति १२ बजेसम्म खटिएको थियो । 

महशुल बक्यौता रहेको भन्दै लाइन काटिएका २३ उद्योगमध्ये ठूला नौओटा उद्योग बारा–पर्सा औद्योगिक कोरिडोरमा छन् । उद्योगको उत्पादन बन्द भएपछि यी उद्योगका कामदार कर्मचारी सडकमा उत्रिन थालिसकेका छन् । 

Read More