साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ ।

समग्रमा बजार यो साता १.९४ प्रतिशत घट्यो । बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको देखिन्छ । आइतबार ७ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब २४ करोड र बिहीबार ४ अर्ब २९ करोडमा खुम्चियो ।

Read More