सरकारले नीति तथा कार्यक्रम र बजेटबाट ल्याउने अधिकांश योजना तथा कार्यक्रमहरू उपलब्धिहीन देखिएका छन्।
हरेक वर्ष एउटै कार्यक्रम दोहोर्याएर पनि त्यसलाई कार्यान्वयन गर्नको लागि गर्नुपर्ने कामहरू बजेटमा घोषणा गरिने तर कार्यान्वयन नहुने गरेका छन्।
सामान्यतयाः बजेट घोषणा गरेपछि त्यस्ता कार्यक्रम कार्यान्वयनमा लैजानु पर्ने हुन्छ। बजेटमा घोषणा गरिएको कार्यक्रमबाट तत्काल लाभ पाइने सरोकारवालाहरूको बुझाइ हुन्छ। तर, ती कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालय तथा सरकारी कार्यालयहरूले गर्नुपर्ने तयारी पूरा नगर्दा कार्यान्वयनमा जान सकेका छैनन्।



