एक हजार दरका २४ वटा नक्कली नोट बरामद


  • Himalayan Bank Limited (HBL)
एक हजार दरका २४ वटा नक्कली नोट बरामद

१३ पुस, काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Read More