आलु भन्दै भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना


  • Himalayan Bank Limited (HBL)
आलु भन्दै भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना

नेपालगन्ज, पुस १३ गते । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ । 

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले दिनु भएको जानकारी अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको बताउनुभयो । 

प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेको हुँदा पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ जरिवाना तिराइएको छ । उहाँले भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको बताउनुभयो । 

Read More