जापान–कोरिया जाने श्रमिकले लैजान पाउने रकमको सीमा बढ्यो


  • Himalayan Bank Limited (HBL)
जापान–कोरिया जाने श्रमिकले लैजान पाउने रकमको सीमा बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधाको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै सीमा बढाएको हो । 

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको हो ।

Read More