काठमाडौं- सरकारले २०८०/०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।



