हाइड्रोले ऋण नतिरेसम्म प्रमोटरले सबै शेयर बेच्न नपाउने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन


  • Himalayan Bank Limited (HBL)
हाइड्रोले ऋण नतिरेसम्म प्रमोटरले सबै शेयर बेच्न नपाउने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम रहने गरी व्यवस्थापन गर्न  धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

जलविद्युत लगायतका आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताको लागि तीन वर्षको लकइन अवधि राखिएतापनि त्यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिंदै आधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ शेयर बिक्री गरी बाहिरिने क्रमले आयोजना निर्माण नै प्रभावित हुनुका साथै प्रतिफल समेत दिन नसकेको देखिएकोले यो निर्देशन दिइएको समितिले जनाएको छ ।

Read More