धितोपत्र बोर्ड अध्यक्षको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्षको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

१२ पुस, काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

Read More