काठमाडौं : भारतीय सेयर बजारले नयाँ उचाई बनाउनेक्रम जारी राखेको छ । भारतीय सेयर बजार बिहीबार पनि बढेको छ । ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै इतिहासकै उच्च विन्दुमा पुगेका छन् । बिहीबार यो समाचार तयार पार्दै गर्दा सेन्सेक्स ३६८ अंकले बढेर ७२,४०६ विन्दुमा पुगेको छ । यसको इन्ट्रा डे हाई भने ७२,४०६ रहेको छ ।
यता, अर्को सूचक निफ्टी-५० पनि नयाँ उचाईमा पुगेको छ । यो सूचक १०५ अंकले बढेर २१,७६० विन्दु पुगेको छ । यसको इन्ट्रा डे हाई भने २१,७७१ रहेको छ । सेयर कारोबार सुचारु रहेकोले सूचकमा उतरचढाव देख्न सकिन्छ ।



