सेयर प्रिमियम शब्द अहिले निकै चर्चामा छ। विभिन्न कम्पनीले प्रिमियममा आईपीओ (इनिसियल पब्लिक अफरिङ) जारी गरिरहेका छन्। सेयर प्रिमियमबाट वितरण गरिएको बोनस सेयर बराबरको रकमलाई कम्पनीको आम्दानी हो भन्दै सरकारले कर असुलसमेत गरिसकेको छ। कम्पनी गाभ्दा प्राप्त हुने स्वाप रकम र हकवालाले नलिएर बाँकी रहेको सेयर पुनः जारी गरेर प्राप्त गरेको थप रकमलाई समेत बोनस सेयरको रूपमा वितरण गरेमा त्यसलाई समेत आम्दानी मान्दै कर असुल गरेको छ। सेयर प्रिमियम के हो ? कानुनमा के छ ? यसको उपयोग कसरी गरिन्छ ? र कम्पनीको हिसाब किताबमा कहाँ कसरी राखिन्छ ? यी आदि कुराको बारेमा यस आलेखमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ।



