काठमाडौं । भ्रष्टाचार आरोप लागेका, तर नियामक अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट क्लिनचिट पाएका र विशेष अदालतबाट ‘चोख्खिएका’ सरकारी कर्मचारीलाई राज्यकोषबाट झिकेर १ करोड ३६ लाख रुपैयाँभन्दा बढी रकम बाँडिएको छ ।
नियामक र न्यायालयको शंकास्पद निर्णयबाट उन्मुक्ति पाएका ६ कर्मचारीलाई सरकारले सेवासुविधाबापत भन्दै साउनयता राज्यकोषबाट झिकेर १ करोड ३६ लाख ९३ हजार ४०५ रुपैयाँ बाँडेको हो ।



