काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मङ्सिर २० गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड १४ लाख रहेको छ । हकप्रद निष्कासन बाँडफाँट पछि कम्पनीको पूजी रू. ६१ करोड २८ लाख १० हजार पुग्नेछ।



