सहकारी ठगीमा ३० करोड बिगो भराउने आदेश


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीमा ३० करोड बिगो भराउने आदेश

बाँके, पुस १२ गते । नेपालगन्जमा बहुचर्चित सहकारी ठगी प्रकरणको रूपमा रहेको  सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको मुद्दामा बाँके जिल्ला अदालतले ३० करोड बिगो सहितको कसुर कायम आदेश जारी गरेको छ । मुद्दा दर्ता भएका मध्ये सञ्चालक समितिका अध्यक्ष, लेखा समितिका अध्यक्ष, एक जना उपाध्यक्ष र व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीलाई दोषी ठहर गरिएको छ ।

  जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतद्वारा जारी आदेशमा भनिएको छ,‘सर्वसाधारण निक्षेपकर्ताको  अधिवेशनबाट निर्वाचित हुने सञ्चालक समितिको अध्यक्षको पद प्रमुख कार्यकारी, नियन्त्रणकारी र संरक्षकको पद समेत रहे भएको देखिन्छ, यस प्रकारको पदमा आसीन प्रतिवादीहरूले संस्थामा भएको चरम आर्थिक अनियमितताको कार्य नियन्त्रण गर्नुको साटो सो कार्य गर्न गराउन महत्त्वपूर्ण भूमिका खेली सर्वसाधारण निक्षेपकर्ताले जम्मा गरेको रकम हिनामिना भएको देखिदा निजहरूले साबिक मुलुकी ऐन ठगीको महलको ५ नं. तथा मुलुकी अपराध संहिता,२०७४ को दफा २४९(१) र (२) विपरीतको कसुर गरेको ठहर्छ ।’ 

Read More