गभर्नरको योग्यतामाथि प्रश्न उठाएको रीट आज सर्वोच्चमा दर्ता हुँदै


  • Himalayan Bank Limited (HBL)
गभर्नरको योग्यतामाथि प्रश्न उठाएको रीट आज सर्वोच्चमा दर्ता हुँदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा पेश गरेको रीट आज (पुस १२ गते) बिहीबार, दर्ता हुने भएको छ।

अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले आज सर्वोच्चमा रीट दर्ता गर्दैछन्। गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित गत कात्तिक ३ गते पेश गरिएको सो रीट हिजो (पुस ११ गते) मात्र सर्वोच्चको रजिष्टारले दर्ता गर्ने अनुमति दिएका थिए।

रीटसम्बन्धी सम्पूर्ण दस्तुर बुझाइसकेको बताइएकाे छ।

के छ रिटमा?

गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्ड भित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ। अधिकारीले आफूसँग सीए (चार्टर्ड एकाउन्टेन्ट) को योग्यता भएको बताउँछन् तर त्यो तालिम मात्रै भएको दाबी रिटमा गरिएको छ।

Read More