काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योग–व्यवसायको लाइन काट्न विद्युत् प्राधिकरणलाई गत बिहीबार निर्देशन दिए। भोलिपल्टै प्राधिकरणले लाइन काट्न सुरु गर्यो। प्राधिकरणले ९ वटा ठूला उद्योगको लाइन काटिसकेको छ।
जगदम्बा स्टिल्स्, रिलायन्स उद्योग, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, अशोक स्टिल, त्रिवेणी स्पिनिङ, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल र सोनापुर स्प्रिङ गरी ९ उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार डेडिकेटेट र ट्रंकलाइनको बिल नतिर्नेमा ५९ उद्योग–व्यवसाय छन्।



