सहकारीको रकम अपचलन गर्ने १९ जना दोषी ठहर


  • Himalayan Bank Limited (HBL)
सहकारीको रकम अपचलन गर्ने १९ जना दोषी ठहर

खजुरा  । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । 

जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी ठहर गरेको छ । अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार मुद्दाको फैसलामा लीलाप्रसाद वली, गौरव श्रैष्ठ, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड्का, रवीन्द्र थापा, ओमप्रकाश चौधरी, लीला शाह, तुसार शाह, सन्दीप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गङ्गाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सूर्य विक र सुरतराम खटिक दोषी ठहर भएका हुन् । 

Read More