सेयर बजार घट्दा ९ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
सेयर बजार घट्दा ९ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो

११ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो । आइतबार ७ अर्ब ११ करोडको धितोपत्र कारोबार भएको थियो ।

ब्यापार समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो । निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन् । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १३, होटल तथा पर्यटन ८८, जलविद्युत् ०.६, लगानी १, जीवन बीमा १२६, उत्पादन ११०, माइक्रोफाइनान्स ४५, अन्य २० र ब्यापार समूह ६९ अंक घटे । निर्जीवन बीमा भने १३१ अंक अर्थात् १.१ प्रतिशत बढेको छ ।

Read More