काठमाडौं । दुई ओटा अलग– अलग जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन ।
लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्नका लागि पुस २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण शेयर निष्कासन गर्न सेबोनमा मङ्सिर २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



