नेपाल विद्युत् प्राधिकरणसँग उद्योगी व्यवसायीले माग गर्दै आएको टाइम अफ डे (टिओडी) मिटरको तथ्यांक नरहेको पाइएको छ। प्राधिकरणले अदालतलाई पठाएको पत्रमा टिओडी मिटरको रेकर्ड नभएको उल्लेख छ।
प्राधिकरणले २०८०/०६/११ मा जिल्ला अदालत सुनसरीलाई पठाएको पत्रमा टिओडी मिटरको रेकर्ड नरहेको उल्लेख गरिएको छ । अदालतले २०८०/०५/१३ गते प्राधिरकणसँग टीओडी रेकर्ड माग गरेकोमा प्राधिकरणले २०८०/०६/११ मा अदालतलाई जवाफ पठाउँदै टिओडी मिटरको रेकर्ड नरहेको जनाएको हो । त्यस्तै, जिल्ला अदालत मकवानपूरलाई पठाएको पत्रमा पनि प्राधिकरणले टीओडी मिटरको रेकर्ड नरहेको जनाइएको छ । दुवै पत्र बिजपाटीसँग सुरक्षित रहेको छ ।


