कर्णालीमा बीमा साक्षरता अभाव


  • Himalayan Bank Limited (HBL)
कर्णालीमा बीमा साक्षरता अभाव

जुम्ला– कर्णालीका विपन्न नागरिकमा बीमाको पहुँच पुग्न सकेको छैन । सदरमुकाम केन्द्रित बीमा कम्पन्नीहरुले गाउँसम्म बीमाका फाइदा र विपद्पछि पाइने क्षतिपुर्ति तथा राहतका विषयमा प्रष्ट पार्न नसेका कारण बीमाको पहुँच कम भएको हो । कर्णाली प्रदेशमा निर्जीवन बीमाको पहुँच ६ प्रतिशत मात्रै रहेको छ ।

अझै ९४ प्रतिशत नागरिकले निर्जीवन बीमा अर्थात घर, भवन, सम्पत्तिको बीमा गरेका छैनन् । कर्णालीको परिवेशमा थोरैले बुझेर पनि बीमा गरेका छैनन् भने धेरैले नबुझेकै कारण जीवन तथा निर्जीवन कुनै पनि बीमा गरेका छैनन् । जसका कारण घर भत्किदा होस्, भेडाबाख्रा भैसी मर्दा होस् या अन्य कुनै क्षति हुँदा पीडितले आवश्यकता अनुसारको राहत पाएका छैनन् । गत असोजमा जुम्लामा आएको बाढीले १८ हेक्टर क्षेत्रफलको मार्सीधानमा क्षति गर्दा करिब १२ सयबढी किसानले क्षति व्यहोर्नु परेको थियो ।

Read More