लगानी सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । यही फागुन २३ र २४ गते हुने उक्त सम्मेलनका लागि सरकारले आवश्यक तयारी थालेको हो । सो सम्मेलनका लागि प्रदेश सरकारले लगानीकर्तासहितका विभिन्न निकायसँग छलफल अगाडि बढाएकाले मुख्यमन्त्री कमलबहादुर शाहको दौडधुपले अहिले तीव्रता पाएको हो ।

यसैबिच मुख्यमन्त्री शाहले लगानीको पहिलो प्राथमिकता क्षेत्र ऊर्जा रहेको बताएका छन् । रातोपाटीसँग शाहले भने, ‘हाम्रो पहिलो प्राथमिकता ऊर्जा क्षेत्र हो, दोस्रो पर्यटन हो । तेस्रो भनेको कृषि क्षेत्र हो । कृषि क्षेत्रमा पनि कोही ठुलो लगानी गर्न आउन चाहान्छ भने सरकारले दिनुपर्ने सुविधा दिन तयार छ । त्यसपछि हाम्रा जडीबुटी, खनिजलगायत क्षेत्रहरू पनि छन् । यी सबै क्षेत्रमा प्राथमिकताका आधारमा हामी छलफलमा ल्याउन चाहान्छौँ ।’ 

Read More