काठमाडौँ । सुनसरीमा मिटरब्याज पीडितको ३३ बिघा जग्गा फिर्ता गराइएको छ । पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटरब्याज पीडितको ३३ बिघा जग्गा फिर्ता गराएको हो ।
उजुरीका आधारमा पीडित र मिटरब्याजीबीचको आपसी छलफलपछि धितोबापत राखिएको ३३ बिघा जग्गा फिर्ता गराइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले बताएका छन् । भट्टराईका अनुसार हालसम्म प्रशासन कार्यालयमा परेका उजुरीमध्ये २३५ वटा उजुरी फस्र्यौट भएका छन् ।



