वाणिज्य बैंकहरुमा डेढ खर्ब बढीको खराब कर्जा, गैरबैकिङ्ग सम्पत्ति थुप्रिदै, नाफा बढाउन खराब कर्जा घटाउने रणनीतिमा बैंकर


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकहरुमा डेढ खर्ब बढीको खराब कर्जा, गैरबैकिङ्ग सम्पत्ति थुप्रिदै, नाफा बढाउन खराब कर्जा घटाउने रणनीतिमा बैंकर

कोभिड यता बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ। असोज मशान्तसम्ममा बैंकहरुको कुल खराब कर्जा ३.६१ प्रतिशत रहेको थियो। बैंकहरुले असोज मशान्तसम्ममा ४४ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए जसअनुसार १ अर्ब ५९ अर्ब रुपैयाँ खराब कर्जा देखिन्छ।

पछिल्लो समय आर्थिक मन्दीले गर्दा बैंकहरुको कर्जा असुलीमा समस्या आँउदा खराब कर्जा बढ्दै गएको हो। बैंकहरुको कर्जा उठ्न नसक्दा धेरै धितो लिलामीमा निकालेका थिए। लिलामीमा निकालेको धितो समेत बिक्री नभएपछि बैंकहरु आफैले सकारीरहेका छन्। यसले गर्दा बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढ्दै गएको छ।

कात्तिकसम्ममा वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढेर १८ अर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत कात्तिकसम्ममा बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति १८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। कात्तिक एक महिनामा नै बैंकहरुको यस्तो सम्पत्ति ४९ करोड रुपैयाँले बढेको छ।

Read More