नेपालमा काम गर्न आउने विदेशी कामदारहरुले नेपालबाट एक खर्ब रेमिटेन्स आफ्नो देशमा लागेको पाईएको छ । विश्व बैंकले हालै सर्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले सन् २००० देखि सन् २०२२ सम्ममा नेपाल काम गर्न आउने विदेशी कामदार उक्त रकम रेमिटेन्सको रुपमा बाहिर लगेको पाईएको हो ।
प्रतिवेदन अनुसार यस अवधिमा कुल ७८ करोड ८० लाख डलर नेपालबाट रेमिटेन्सको रुपमा बाहिरिएको हो। हाल कायम डलरको मूल्य अनुसार यो रकम १ खर्ब बढी हुन आउंछ ।


