१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् ।
उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए ।



