काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल करिब करिब सतप्रतिशत विद्युतको पहुँचमा पुगेको दावी गरेका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विद्युत आयात गर्ने अवस्थाबाट देश निर्यात गर्ने अवस्थामा पुगेको बताए।
प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा नेपालले १५ अर्ब बढी रुपैयाँको बिजुली निर्यात गरेको दावी गरेका छन्। उनले भने,' वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ। विगत एक वर्षमा ७०० मेगावट विद्युत निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो।


