नयाँ पोलिसी जारी गर्दै बीमा प्राधिकरण


  • Himalayan Bank Limited (HBL)
नयाँ पोलिसी जारी गर्दै बीमा प्राधिकरण

काठमाडौं– बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले पछिल्लो समय नयाँ–नयाँ बीमा नीति जारी गर्न थालेको छ । प्राधिकरणले हालै कृषि र खेल क्षेत्रमा चार वटा नयाँ नीति जारी गरेको छ । प्राधिकरणले कृषि बीमाअन्तर्गत तीन वटा बीमा पोलिसीको खाका जारी गरेको छ ।

यही पुस १६ गतेदेखि लागु हुने गरी प्राधिकरणले दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने पोलिसीको खाका जारी गरेको हो । योसँगै अब बीमा कम्पनीहरूले दाल, आँप र ओखर खेतीको बीमा गर्न सक्नेछन् । यसैगरी प्राधिकरणले पंक्षी बीमालेखको खाका पनि संशोधन गरेको छ । अब कम्पनीहरूले पंक्षीको बीमा नयाँ व्यवस्थाअनुसार गर्नुपर्नेछ ।

Read More