बैंकहरूको झण्डै २ खर्ब लगानी जोखिममा, धितो लिलाम गरेर उठाउन चुनौती


  • Himalayan Bank Limited (HBL)
बैंकहरूको झण्डै २ खर्ब लगानी जोखिममा, धितो लिलाम गरेर उठाउन चुनौती

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको करिब २ खर्ब हाराहारी कर्जा लगानी जोखिममा परेको छ । राष्ट्रिय तथा क्षेत्रीय स्तरका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले गरेको कूल कर्जा लगानीको ३.६६ प्रतिशत लगानी उच्च जोखिममा परेको हो ।

राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार कात्तिक मसान्तसम्म बैंकहरूले गरेको कूल कर्जा लगानीमध्ये १ खर्ब ९० अर्ब रुपैयाँ लगानी खराब कर्जामा रूपान्तरण भएका छन् । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए । 

Read More