काठमाडौं : सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ ।
सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।



