३७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना


  • Himalayan Bank Limited (HBL)
३७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार ३७ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले मदिरा एवम सूर्तिजन्य र कस्मेटिक, खेलकुद तथा फिटनेसका सामान, खाद्य वस्तु, रेडिमेड तथा थान कपडा र निर्माण सामाग्री पसललाई जरिवाना गरेको हो  ।

विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

आइतबार विभागले ३७ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ७ व्यापारिक प्रतिष्ठानलाई जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

Read More