नबिल बैंकमा ५८.४४ प्रतिशत संस्थापक र ४१.५६ प्रतिशत साधारण शेयरधनीको हिस्सा रहेको छ । बैंकको वार्षिक प्रतिवेदन २०७९/८० अनुसार बैंकमा ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने ५ शेयरधनी रहेका छन् ।
बैंकमा सबैभन्दा बढी एनबी इन्टरनेशनल लिमिटेड (आयरल्याण्ड) को ३९.४४ प्रतिशत अर्थात १० करोड ६७ लाख ०६ हजार २४२ कित्ता शेयर रहेको छ ।
त्यस्तै आईएफआईसी बैंक पी.एल.सी (बंगलादेश) को ७.७७ प्रतिशत अर्थात २ करोड १० लाख १७ हजार २६४ कित्ता शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ७.६३ प्रतिशत अर्थात २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता शेयर रहेको छ ।


