अर्थतन्त्र सुधारका सवालमा सरकारको एक वर्ष खेर


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र सुधारका सवालमा सरकारको एक वर्ष खेर

काठमाडौं– एक वर्षअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक (पुस ११ मा) ले अर्थतन्त्र सुधारका लागि विभिन्न नीतिगत र संस्थागत सुधारका काम अघि बढाउने निर्णय गरेको थियो । यो निर्णयको एक वर्ष पूरा भएको छ । यसबीच सरकारले देखिने गरी कुनै पनि सुधारका काम गरेन, फलस्वरुप अर्थतन्त्र निरन्तर सुस्त हुँदै आएको छ ।

गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटकको कार्यकालमा देखिने गरी काम गर्ने बताएका थिए । दाहाल सरकारले सुरुमा केही भ्रष्टाचारका फाइल खोलेर काम गर्ने आशा देखाएको थियो । तर, एक वर्षका बीचमा भ्रष्टाचार रोक्ने भन्दा झनै बढ्दै गएको छ । दाहाल सरकारको एक वर्षे कार्यकाल सुशासन, सेवा प्रवाह, सुरक्षा र आर्थिक विकासका सवालमा विगतमा जस्तै खेर गएको छ ।

Read More