चितवन, काठमाडौं — ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब मात्र होइन, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको छ ।
तर, सर्वसाधारणको बिचल्ली बनाएर राई फरार छन् भने बचतकर्ताले आवाज उठाउँदा पनि लामिछाने मौन छन् जबकि यसका पीडित उनको निर्वाचन क्षेत्र चितवन–२ का मतदाता पनि हुन् ।


