ह्याम्स अस्पतालले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन


  • Himalayan Bank Limited (HBL)
ह्याम्स अस्पतालले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न शुक्रबार बोर्डमा निवेदन दिएको हो । अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको जनाएको छ । ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गरेको हो । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने सेयर अण्डरराइटिङ एसबीआई मर्चेन्ट लिमिटेडले गर्नेछ ।

Read More