‘लगानीकर्ताको मनोवल उच्च बनाउने’ भन्दै बोनस शेयर दिन थालेको नेपाल टेलिकमले किन फेरि ‘नगद’ मात्रै ?


  • Himalayan Bank Limited (HBL)
‘लगानीकर्ताको मनोवल उच्च बनाउने’ भन्दै बोनस शेयर दिन थालेको नेपाल टेलिकमले किन फेरि ‘नगद’ मात्रै ?

लगानीकर्ताको मनोवल उच्च बनाउन भन्दै नेपाल टेलिकमले नगदसँगै बोनस लाभा‌ंश दिन सुरु गरेको थियो । तर, नेपाल टेलिकमले त्यसरी बोनस लाभा‌ंश लगानीकर्तालाई एक वर्ष मात्रै दियो ।

त्यसपछि ‘घुमिफिरी रुम्जाटार’ भनेजस्तै पुनः नगद लाभांश मात्र दिन थालेको छ । दुई वर्षअघि अर्थात आर्थिक वर्ष २०७७/०७८ मा नेपाल टेलिकमले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो ।

दुई वर्षअघिकाे नेपाल टेलिकमको १४ औँ वार्षिक साधारण सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. वैकुण्ठ अर्यालले टेलिकमले अब बोनस शेयर दिँदै जाने उद्घोष गरेका थिए । शेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका तत्कालिन अध्यक्ष अर्यालले बताएका थिए । 

टेलिकमको इतिहासमा पहिलो पटक त्यतिबेला टेलिकमले बोनस शेयर लगानीकर्तालाई दिएको थियो । तर, त्यसपछि र त्यसअघि कहिले पनि नेपाल टेलिकमले बोनस शेयर दिएको छैन ।

बोनस शेयरको हल्ला मूल्य बढाउने खेल

यस वर्ष पनि नेपाल टेलिकमले नगदसँगै बोनस शेयर दिँदैछ भन्ने हल्ला बजारमा फैलिन पुगेको थियो । तर, त्यो हल्ला हल्लामा नै सिमित भयो । यस वर्ष पनि नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

४० प्रतिशत नगद लाभांशकाे सूचना आउनु अघिल्लो कारोबार दिनमा ९४० रुपैयाँकाे हाराहारीमा टेलिकमकाे शेयर कारोबार हुँदै आएको थियो । लाभांश घोषणापछि टेलिकमको शेयर मूल्य थोरै बढ्न पुगेको छ ।

४० प्रतिशत लाभांश घोषणा भएपछिको पहिलाे अर्थात आइतबारको कारोबारमा शेयर मूल्य ९५५ रुपैयाँ पुगेको छ । नगदसँगै बोनस शेयर दिएको भए नेपाल टेलिकमको शेयर मूल्य सजिलै १,००० नाघ्ने लगानीकर्ताले अपेक्षा गरेका थिए । तर, लगानीकर्ताकाे त्याे अपेक्षा पुरा हुन सकेकाे छैन् ।

Read More