आम नागरिकहरु पनि डिजिटल पेमेन्टमा जानुपर्छ: गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
आम नागरिकहरु पनि डिजिटल पेमेन्टमा जानुपर्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन्।

आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्स्व समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अरु खालका विकृतिहरु हटाउँदै लैजाने बताए।

डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनले दाबी गरे। नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने उनको भनाइ थियो।

Read More