रुसमा सन् २०२३ मा ४८ लाख कामदार अभाव, आगामी वर्ष पनि संकट जारी रहने


  • Himalayan Bank Limited (HBL)
रुसमा सन् २०२३ मा ४८ लाख कामदार अभाव, आगामी वर्ष पनि संकट जारी रहने

काठमाडौं : रुसमा सन् २०२३ मा ४८ लाख कामदारको अभाव देखिएको छ । ‘रसियन एकेडेमी अफ साइन्स इन्स्टिच्युट अफ इकोनोमिक्स’ का विज्ञ र अनुसन्धानलाई उद्धृत गर्दै रुसी पत्रिका इज्भेस्टियाले सन् २०२४ मा पनि रुसमा कामदारको अभाव जारी रहने उल्लेख गरेको छ ।

रुसको केन्द्रीय बैंककी गभर्नर एल्भिरा नाबिउलिनाले गत महिना कमजोर श्रमशक्तिले मजदुरको अभाव तीव्र बनाएको र रुसको आर्थिक वृद्धिलाई धक्का दिइरहेको बताएकी थिइन । मस्कोले वित्तीय र भौतिक स्रोतहरु सैन्य मिसनमा खर्च गरेपछि अर्थतन्त्रको वृद्धि कमजोर देखिएको रोयटर्सले उलेख गरेको छ ।

Read More