अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक वर्षमा २४ हजारभन्दा धेरै उजुरी परेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक वर्षमा प्राप्त गरेको उपलब्धी सार्वजनिक गर्न तयार पारेको विवरणमा यो १ वर्षमा २४ हजार २०१ उजुरी दर्ता भएको उल्लेख छ।
दर्ता भएका उजुरीमध्येबाट १६ हजार ७३२ उजुरी फर्छ्यौट गरिएको विवरणमा उल्लेख छ।
यस्तै यो एक वर्षको अवधिमा विभिन्न कसुरमा १७४ वटा मुद्दा दायर भएको छ।
यी मुद्दाबाट करिब २ अर्ब रूपैयाँ बिगो दाबी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रगति विवरणमा उल्लेख छ।



