गाँजा खेतीलाई नियन्त्रित वैधता दिन सरकारलाई सिफारिस


  • Himalayan Bank Limited (HBL)
गाँजा खेतीलाई नियन्त्रित वैधता दिन सरकारलाई सिफारिस

नेपाल सरकारको विशेषज्ञ समूह (थिंक ट्याङक्)को रुपमा रहेको  नीति अनुसन्धान प्रतिष्ठानले गाँजा खेतीलाई वैधानिकीकरण गर्न सिफारिस गरेको छ । ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चूनौति’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रतिष्ठानले गाँजाको खेतीलाई वैधता दिन विभिन्न ८ बुँदे नीति सिफारिस गरेको हो । 

नियन्त्रित  प्रयोग सम्बन्धी  वर्तमान  ऐन  (लागू  औषध  नियन्त्रण  ऐन,  २०३३)  परिमार्जन गर्न पनि प्रतिष्ठानले सिफारिस गरेको छ । ‘लागु औषधसम्बन्धी मौजुदा ऐनमा गाँजाको नियन्त्रित प्रयोजनका बारेमा स्पष्टता कायम गरिनु पर्दछ । साथै, सम्बन्धित सरकारी निकायले यससम्बन्धी स्पष्ट नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याएमा गाँजाको प्रयोगसम्बन्धी वर्तमान अस्पष्टता हटाउन सक्छ’ प्रतिवेदनको सिफारिसमा भनिएको छ ।

Read More