काठमाडौं । बक्यौता नतिर्ने डेडिकेटेड र ट्रंकलाइनको विद्युत् काट्ने सरकारको कदम गलत भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उक्त कदमको विरोध गरेको छ । महासंघले आज प्रेस विज्ञप्ती जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न उच्चस्तरिय अधिकार सम्पन्न आयोगको आवश्यकता रहेकोमा भुक्तानी सम्बन्धि विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काटिनु गलत भएको महासंघले जनाएको हो ।
विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काटिएको प्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको उक्त विज्ञप्तीमा जनाइएको छ ।



