कार्यकाल सकिन अगाडि नै बिदा बस्दै सेबोन अध्यक्ष हमाल


  • Himalayan Bank Limited (HBL)
कार्यकाल सकिन अगाडि नै बिदा बस्दै सेबोन अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष रमेशकुमार हमाल बुधवारदेखि बिदा बस्ने भएका छन् ।

कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा उनी बिदामा बस्न लागेका हुन्। उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ।

हमालले २०७८ चैत ५ गते नेपाल धितोपत्र बोर्डको नेतृत्व समालेका थिए। कार्यकाल सकिनु अघि लिनै पर्ने फोर्स लिभमा हमाल बस्न लागेका हुन्। 

Read More