पूर्वाधार र उत्पादन बढ्यो, तर रोकिएन बसाइँसराइ


  • Himalayan Bank Limited (HBL)
पूर्वाधार र उत्पादन बढ्यो, तर रोकिएन बसाइँसराइ

म्याग्दी । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

Read More