९ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् । तीमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।
ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।



