काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आइतबार थप पाँच उद्योगको बिजुली काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिजुली काटेर भए पनि बक्यौता उठाउन निर्देशन दिएलगत्तै शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । बिजुली काटिनेमा आइतबार ५ उद्योग थपिएका हुन् ।


