बैंकहरुले एकल विन्दुको ब्याजदरमा नै कर्जा अफर गर्न थालेका छन्। बैंकहरुमा लगानीयोग्य रकम बढ्दै जाँदा बैंकहरुले सस्तो ब्याजदरमा नै कर्जा अफर गर्न थालेका हुन्।
गत आइतबार नबिल बैंकले एक विन्दुको ब्याजदरमा नै घर कर्जा दिने योजना सार्वजनिक गरेको हो। बैंकले आइतबार ढुक्क घर कर्जा सार्वजनिक गरेको हो । जसमा बैंकले ९.९९ प्रतिशत ब्याजदरमा नै ७ वर्षसम्मको स्थिर ब्याजदरको कर्जा दिने जनाएको छ।
नबिल बैंकले यसअघि गत साउनमा नबिल ढुक्क घर कर्जा सार्वजनिक गर्दै १०.९९ प्रतिशत ब्याजदर तोकेको थियो। अहिले बैंकले घर कर्जाको ब्याजदर एकल विन्दुमा झारेको हो।
ग्लोबल आइएमई बैंकले पनि गत शुक्रबार ९.९९ प्रतिशत ब्याजदरमा नै विशेष घर कर्जा योजना ल्याएको छ। बैंकले ९.९९ प्रतिशत ब्याजदरदेखि नै घर कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको हो। बैंकले कर्जाको अवधि अनुसार ब्याजदर तोकेको छ। बैंकले ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ।



